काठमाडौं । ‘लिटिल मिस एन्जेल–२०२३’का लागि आवेदन खुला भएको छ । आयोजक कलश इभेन्ट प्रा. लि का प्रबन्ध निर्देशक सञ्जय महर्जनका अनुसार हरेक वर्ष आयोजना गर्दै आएको लिटिल मिस एन्जेलको यो चौथो संस्करण हो ।
योजक संस्थाका प्रबन्ध निर्देशक सञ्जय महर्जनका अनुसार प्रतियोगितामा ९ देखि १३ वर्षसम्मका बालबालिकाले आवेदन दिन सक्छन् । जेठ २७ गते ग्राण्ड फिनाले हुने यस प्रतियोगिताका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ भने ७ गतेबाटै प्रतियोगी बालिबालिकाहरुलाई तालिम दिन सुरु गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आवेदन दिन आयोजकले ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । प्रतियोगितामा सहभागीहरुलाई व्यक्तित्वविकासलगायत नेतृत्व, आत्मविश्वासका आलाव सिर्जनात्मक क्रियाकलापमा प्रशिक्षण दिइनेछ । साथै, प्रतियोगीहरूलाई ग्रान्ड फिनालेका लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी–सर्ट प्राप्त गर्नेछन् ।
रोहिया महर्जनको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
FACEBOOK COMMENTS