काठमाडौं । मिस वर्ल्डको ७२औँ संस्करण थाइल्याण्डकी ओपल सुचाता चुआङ्श्रीले जितेकी छन् ।
भारतको हैदरावादमा गएराति समन ग्राण्ड फिनालेमा चुआङ्श्रीले मिस वर्ल्डको उपाधि जितेकी हुन् । उनलाई ७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले शिरमा ताज पहिराएर सम्मान गरेकी थिइन् ।
समापन समारोह अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले तेलङ्गानाको हैदराबादस्थित हिटेक्समा आयोजना गरिएको थियो ।
यस प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजे पहिलो रनर अप बनेकी छन् भने मार्टिनिककी औरेली योहाचिम दोस्रो रनरअप बनेकी छन् ।
प्रतियोगिताको फाइनलमा मार्टिनिककी औरेली योहाचिम, इथियोपियाकी हासेट डेरेजे, पोल्याण्डकी माया क्लाज्दा र थाइल्याण्डकी ओपल सुचाता पुगेका थिए ।
यस मिस वर्ल्डमा नेपालबाट मिस नेपाल वर्ल्ड सृच्छा प्रधान सहभागी भएकी थिइन् । प्रधान क्वाटरफाइनल नपुग्दै बाहिरिएकी थिइन् ।
मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता शनिबार मे ३१ मा नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भएको छ ।
मिस वर्ल्डका अनुसार बलिउडका प्रसिद्ध अभिनेता सोनु सूदलाई समापन समारोहमा मिस वर्ल्ड ह्युम्यानिटेरियन अवार्ड प्रदान गरिएको थियो। ।
मिस वर्ल्ड सङ्गठनले १९५१ मा ‘ब्युटी विथ अ पर्पज’ नाराका साथ मिस वर्ल्ड प्रतियोगिता सुरु गरेको थियो ।
FACEBOOK COMMENTS