सिरहा । सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन ९मिटरब्याज० पीडितले गुनासो गरेका छन् ।
सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याजपीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।
मिटरब्याजपीडित सङ्घर्ष समितिका सङ्योजक मनोजकुमार पासवानले सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाए । उल्टै मिटरब्याजपीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको उनको भनाइ छ ।
समस्या समाधानको काम प्रभावकारी ढङ्गले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।
FACEBOOK COMMENTS