काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट सेयरधनीलाई ९ दशमलव ५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनका लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यो लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
मितेरीले गत वर्ष १२ दशमलव ३५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ६५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
FACEBOOK COMMENTS