काठमाडौं । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्न तयार रहेको बताए । उनले सामाजिक सञ्जाल एक्स मार्फत
मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन् ।
FACEBOOK COMMENTS