काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले स्तब्ध र दुःखी भएको बताएका छन् ।
मोदीले सामाजिक सञ्जालमा लेख्दै यो दुर्घटना हृदयविदारक रहेको र यसलाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन् ।
उनले भने ‘यो हृदयविदारक छ, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन । यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ । म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु ।’
एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १:३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।
लन्डन जादै गरेको सो विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS