काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर बढाउने बताएका छन् ।
ट्रम्पले रुसबाट किनेको तेल बेचेर भारतले ठुलो नाफा कमाई रहेको उल्लेख गर्दै भारतमाथि कर बढाउने बताएका हुन् ।
उनले भनेका छन्, ुभारतले रुसबाट ठूलो मात्रामा तेल मात्र खरिद गरिरहेको छैन, तर यो तेलको ठूलो हिस्सा खुला बजारमा बेचेर ठूलो नाफा पनि कमाउँदैछ । उनीहरूलाई रुसको युद्ध मेसिनले युक्रेनमा कति मानिसहरूलाई मारिरहेको छ भन्ने वास्ता छैन। यस कारणले गर्दा, म भारतमाथि कर बढाउनेछु ।ु
यसअघि, जुलाई ३० मा ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा पनि गरेका थिए ।
उनले भारतले रुसबाट सैन्य उपकरण र तेल खरिद गर्न जारी राख्यो भने, विद्यमान करको अतिरिक्त थप जरिवाना पनि लगाउन सकिने बताएका थिए । ट्रम्पले भारतले गरेको यो खरिदले रुसलाई युक्रेनमा युद्ध जारी राख्न मद्दत गरिरहेको बताउँदै आएका छन् ।
FACEBOOK COMMENTS