काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच भएको भेटले फेरि एक पटक चर्चा पाएको छ ।
क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा तीनदिने जी ७ शिखर सम्मेलनका क्रममा मोदी र मेलोनीबीच भेट भएको हो ।
भेटमा दुवै मुस्कुराएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । मेलोनीले मोदीसँग भेटेको तस्बिर सार्वजनिक गर्दै इटली र भारत महान मित्रताले जोडिएका देश भएको उल्लेख गरेकी छन् । मेलोनीको पोष्टलाई मोदीले मेलोनीसँग पूर्ण सहमत भएको उल्लेख गर्दै इटलीसँग भारतको मित्रता अझ बलियो हुँदै जाने र जनतालाई धेरै फाइदा पुर्याउने उल्लेख गरेर रिपोष्ट गरेका छन् ।
मोदी र मेलोनीबीचको भेटवार्ता सामाजिक सञ्जालका लागि निकै ठूलो खुराक हुने गर्दछ । यसअघि दुई नेताहरूले डिसेम्बर २०२३ मा दुबईमा भएको कोप २८ शिखर सम्मेलनमा भेटेका थिए । मेलोनीले ह्याशट्याग मेलाेडी (#Melodi) का साथ सामाजिक सञ्जालमा उक्त भेटको तस्बिर साझा गरेकी थिइन्, जुन भाइरल भएको थियो । इन्टरनेटमा मोदी र मेलोनीका लाखौँ मिमसमेत भाइरल छन् ।
FACEBOOK COMMENTS