मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटमा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए ।
ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वतावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ थियो ।
अहिले ९५ प्रतिशत डाक्टर गाउँगाउँमा सेवा दिन पुगेको तथ्यांक आफूसँग भएको जानकारी दिँदै उनले एक सय दिनमा एक सय सात काम गरेर देखाएको बताए ।
FACEBOOK COMMENTS