काठमाडौं । पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष आदेश दिएको छ ।
आज थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालत पुगेका थिए ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान र थुनछेक भएको थियो ।
FACEBOOK COMMENTS