काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन् ।
टेरामक्स खरिदमा भएको भ्रष्टाचार मुद्दामा बस्नेतलाई सफाइ दिएको छ । सोही प्रकरणमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जना भने दोषी ठहर भएका छन् ।
आज विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार उक्त फैसला सुनाएको हो ।
अदालतले पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो ।
बस्नेतसँगै प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीहरूले पनि सफाइ पाएका छन् । यस्तै, परामर्शदाता कम्पनी ‘भ्यानराइज सोलुसन्स’ लाई पनि अदालतले सफाई दिएको छ ।