काठमाडौं । मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीबीच क्यापिटलका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीका तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सम्बन्धी सेवा लिई रहेका ग्राहकहरुले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेको समाखुसीबाट सेवासुविधाको शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी व्यवस्थापन सेवा प्रयोग गर्दै आइरहेका ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजना अन्तर्गत उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS