काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले अधिकांश लगानीकर्ता र व्यवसायी खुसी देखिएका छन् ।
आवासीय कर्जा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाइ नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राख्नेलगायतका व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखिएका छन् ।
आर्थिक मामिलाका जानकार एवम् व्यवसायीहरूले नयाँ मौद्रिक नीति लचिलो, उदार र सकारात्मक भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानि राणाका अनुृसार उद्योग क्षेत्रमा मैद्रिक निति सकारात्म रहेको छ ।
उनले भनिन्, ‘७.५ प्रतिशतको नीतिगत दर ६.५ प्रतिशत पुर्याइएको छ जसले निक्षेपको व्याजदर १ प्रतिशतले घटने र सम्रगमा कर्जाको व्याज दरमा पनि कमी आउने छ । घर कर्जाको सीमा १.५ करोडबाट २ करोड पुर्याइनु, बैंक तथा वित्तीय संस्थाको सुझाव मा चालूपूँजी कर्जा मार्गनिर्देशन आवश्यक पुनरावलोकन गरिने, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने, विदेश भ्रमण गर्दा वर्षको दुई पटक दिएको विदेशी मुद्रा सटही सुविधा १ हजार ५ सय डलरबाट २५०० डलर पुर्याइनुलगायतका बुँदाले मौद्रिक नीति राम्रो भएको देखाउँछ ।’
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मैद्रिक नितिले बैंक र व्यवसायबिचको सम्बन्ध झनै बढाउने बताएका छन् ।
उनले भने, ‘केवाइसीलाई नेस्नल आईडीसँग जोडिनु, बैकिङ क्षेत्रलाई सशक्त बनाएर लैजाने, साढे ११ प्रतिशत बढाउने भन्ने कुरा छ यो कुराले बैकिङ क्षेत्र भाविदिनमा राम्रो बन्ने छ । अर्कोतर्फ व्यवसायीले मागेको चालूपूँजी कर्जाको पुनरावलोकन पनि मौद्रिक नीतिले समेटेको छ । मौद्रिक नीतिले अधिक ऋण भारको स्थिति, कर्जा र वास्तविक क्षेत्रबीचको कमजोर सम्बन्ध र वित्तीय क्षेत्रमा पछिल्लो समय देखापरेको गैर–व्यवसायिक गतिविधिका कारण निष्क्रिय कर्जा बढ्न थालेको विषयलाई ध्यान दिदै वित्तीय स्थायित्व कायम राख्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।’
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गत आवको भन्दा चालू आवको लागि ल्याइएको मौद्रिक नीति केही लचिलो रहेको बताएका छन् ।
उनले भने, ‘‘नेपाल राष्ट्र बैंकले पहिले कसिलो मौद्रिक नीति ल्याएको थियो । तर, अहिले केही लचिलो मौद्रिक नीति ल्याएको छ । तर, जुन किसिमको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ । त्यस निम्ति अर्थतन्त्र चलायमान बनाउन सक्नुपर्छ । लक्ष्य हासिल गर्ने कुरामा केही आशंका छ ।’
आफूले दिएको सुझाव सम्बोधन नभएको गुनासो गर्दै मल्लले थपे, ‘बैंकको ब्याजदरबारे हामीले स्पष्ट सुझाव दिएका थियौं । बेसरेटमा लिने जुन प्रिमियम छ, त्यो अधिकतम २ प्रतिशतभन्दा माथि जान नहुने भनेका थियौं । त्यो कुरा सम्बोधन भएन ।’
उनका अनुसार बेसरेटमा लिने प्रिमियम मनपरी ढंगले लिने गरेको पाइएको छ । एउटै देशको नागरिकलाई फरक–फरक व्यवस्था हुन नहुने उनको भनाइ छ । सबैलाई एकनास तरिकाले नियपूर्वक व्यवस्था गर्नतर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनले बताए ।
साथै ब्रोकर एसोसिएसनमा पूर्वअध्यक्ष भरत रानाभाट मौद्रिक नीतिको एउटा बुँदाले मात्र प्रत्यक्ष शेयर बजारलाई छोएको बताए । बुँदा नम्बर १०६ मा शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने उल्लेख छ । शेयर धितो कर्जामा विद्यमान भार अहिले १५० प्रतिशत छ । यो केही घट्ने आंकलन रानाभाटले गरेका छन् । यसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन सहज हुने उनले बताए ।
यद्यपि यस विषयमा गभर्नर महाप्रसाद अधिकारीले नअलमलिन आग्रह गरेका छन् । उनले ५० लाखसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार बनाउन खोजिएको प्रष्ट्याएका छन् । अटो लोनमा पनि थ्रेस होल्ड कायम गर्न खोजेको अधिकारीले जानकारी दिए । यता आवासीय कर्जामा मात्र १५० बाट सय बनाउन खोजिएको बताइएको छ ।
FACEBOOK COMMENTS