काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुले नियुक्त गरेका आधिकारिक प्रतिनिधिको कारोबारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने नीति लिएको छ ।
आज शुक्रबार सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यस्तो नीति लिने घोषणा गरेको हो ।
मौद्रिक नीतिको बुँदा नं. ११५ देखि ११८ सम्म यससम्बन्धी विभिन्न नीतिहरूबारे उल्लेख गरिएको छ ।
११५. भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुबाट गरिने कारोबारलाई थप पारदर्शी बनाई उक्त संस्थाहरुको संस्थागत सुशासन अभिवृद्धि गर्नका लागि भुक्तानी सेवा प्रदायक संस्थाहरुले नियुक्त गरेका आधिकारिक प्रतिनिधिको कारोबारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।
११६. केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा Wholesale CBDC को प्रारुप (Design Characteristics) तयार गर्ने कार्य अगाडि बढाइनेछ ।
११७. राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पारिनेछ ।
११८. भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गरिनेछ ।
अर्थतन्त्रलाई थप गतिशील बनाउने लक्ष्यका साथ आयो मौद्रिक नीति (पूर्णपाठ)
FACEBOOK COMMENTS