काभ्रे । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढीपहिरोले प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको सहयोगबाट भएका पुनर्निर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र यूनडीपीका आवसीय प्रतिनिधि कायको युकोशुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यन्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको हो । पनौती नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पुर्याएको जनधनको क्षति एवं जिविकोपार्जनका लागि गत पुस महिनामा चेम्बर र यूएनडीपीबीच सहकार्यको सम्झौता भएको थियो ।
बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकूलन सहकार्यको प्रगति सम्बन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बाढीपहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रम अन्तर्गत सिँचाइ नहर, सामुदायिक सडकहरू, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाइ गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । यसबाट स्थानीय रोजगारीसमेत सिर्जना भएको छ ।
प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै जोेखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निक्षी क्षेत्रका तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले चेम्बर र यूएनडीपीको सहयोगले बाढीपहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जिविकोपार्जनमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।
यूएनडीपीका आवासीय प्रतिनिधि कायको युकोशुले चेम्बरसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
चेम्बर र यूएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधीको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यप्रगतिको बारेमा जानकारी गराइएको थियो ।
FACEBOOK COMMENTS