काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा आन्दोलन गर्ने भएको छ । आन्दोलनको तयारी गरेको मोर्चाले विभिन्न स्थानमा नेताकार्यकर्ता जम्मा गरेर प्रदर्शनी गर्ने भएको छ ।
मोर्चाले काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानलाई प्रमुख केन्द्र तोकेको छ ।
मोर्चाले माइतीघर मण्डला, कुपन्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, सोह्रखुट्टे, शान्तिबाटिका र मैतीदेवी क्षेत्रलाई प्रमुख आन्दोलन केन्द्र बनाएको छ ।
माइतीघर मण्डलाः बसन्तपुर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, शहीदगेट, भद्रकाली हुँदै मुख्य सभा स्थल जानेछन् ।
कुपन्डोलः त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट हुँदै मुख्य सभा स्थल जानेछन् ।
त्रिपुरेश्वरः सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मुख्य सभा स्थल जानेछन् ।
सुन्धाराः न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मुख्य सभस्थल जानेछन् ।
न्युरोड गेटः रत्नपार्क, भोटाहिटी, विश्वज्योति हल, घण्टाघर, पुल्चोक, पद्मोदय मोड हुँदै मुख्य सभा स्थल जानेछन् ।
सोह्रखुट्टेः असन, भोटाहिटी, विश्वज्योति हल, पुल्चोक हुँदै मुख्य सभा स्थल जानेछन् ।
शान्तिबाटिकाः भोटाहिटी, घण्टाघर, पुल्चोक हुँदै मुख्य सभास्थल जानछन् ।
मैतीदेवीः पुल्चोक, पद्मोदय मोड हुँदै मुख्य सभास्थल जानेछन् ।
FACEBOOK COMMENTS