काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्था गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने कार्यलाई प्रोत्साहन गर्न थप लचकता अपनाएको छ । राष्ट्र बैंकले क ख र ग वर्गका बैंक वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशिक २०७७ लाई थप परिमार्जन गर्दा थप लचकता अपनाएको हो ।
परिमार्जित निर्देशिकामा राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएर गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने अवस्थामा पुगेका संस्थाको प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रूपमा पदपूर्ति गरिसक्नुपर्ने यसअघिको व्यवस्थामा छुट प्रदान गरेको छ ।
त्यस्तै वाणिज्य बैंकहरू आपसमा गाभ्ने-गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौँ उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा २०८० असार मसान्तसम्म शाखा कार्यालय खोल्न केन्द्रीय बैंकबाट स्वीकृति लिइरहनु पर्ने झन्झटलाई समेत एकीकृत निर्देशिकाले हटाइदिएको छ ।
गाभिएका बैंककहरूले २०७९ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौँ उपत्यकाबाहिर तीनवटा शाखा खोली सञ्चालनमा ल्याएपछि २०८० असार मसान्तसम्म काठमाडौँ उपत्यकामा एक शाखा खोल्न पनि कुनै स्वीकृतिको आवश्यकता नपर्ने अजाको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS