काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा १८ लाख ९३ हजार ९५७ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष ४५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS