काठमाडौं । जनकपुरधाममा रहेको राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएको छ ।
बुधबार राति ८ देखी बिहीबार बिहान साढे ३ बजेसम्म उक्त बलि दिइएको राजदेवी मेला समितिले जानकारी गराएको छ । महाअष्टमीमा राजदेवि मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको हो ।
कोरोना महामारीका कारण करिब ९ हजार बोका बलि दिइएको थियो । बोका बलि दिन नेपाल तथा भारतका भक्जनहरू आउने गरेका छन् । दसैँको घटस्थापनादेखि जनकपुरधामको राजदेवी मन्दिर लगायतका अन्य विभिन्न शक्तिपिठ पूजापाठ गरिदै आएको छ ।
FACEBOOK COMMENTS