काठमाडौँ, भदौ १४ । भारतमा पाँच दिन अघिदेखि लगातार दैनिक ४० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४२ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यी मध्ये २९ हजार ८२६ जना संक्रमित केरलामा फेला परेका हुन् । यस्तै, ३४ हजार ७६३ जना संक्रमण मुक्त भएका छन् । हाल भारतभर सक्रिय कोरोना सङ्क्रमितको संख्या ३ लाख ७६ हजार ३२४ पुगेको छ ।
सङ्क्रमणका कारण थप ३८० जनाको मृत्यु भएको छ । यसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार २१० पुगेको छ ।
FACEBOOK COMMENTS