काठमाडौँ । मोरक्को र सेनेगल जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेका छन् ।
गएराती भएको क्वाटरफाइनलका खेलमा मोरक्कोले क्यामरुनलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल साइबरीले एक एक गोल गरेका थिए । अब मोरक्कोले सेमिफाइनलमा अल्जेरिया र नाइजेरियाबीचको विजेतासँग खेल्ने छ ।
त्यस्तै अर्को क्वाटरफाइनल खेलमा सेनेगलले मालीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । सेनेगलको जितमा लिमान एनडियेले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा पहिलो हाफको अन्तिममा यभ्स बिसोउमाले राती कार्ड पाएपछि माली १० खेलाडीमा सिमित भएको थियो । अब सेनेगलले सेमिफाइनलमा इजिप्ट र आइभरी कोष्टबीचको विजेतासँग खेल्ने छ ।
FACEBOOK COMMENTS