काठमाडौं । पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह उपचारपछि नर्भिक इन्टरनेसनल हस्पिटलबाट बुधबार डिस्चार्ज भएकी छन् ।
अस्वस्थ भएपछि पूर्वबडामहारानी आइतबार नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत थिइन् ।
नर्भिक अस्पतालमा चिकित्सक तथा नर्सहरूले विशेष उपचार र स्वास्थ्य निगरानी गरेका थिए । स्वास्थ्यमा सुधार भएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
पूर्वबडामहारानी शाहलाई अस्पतालबाट घर लैजान पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह पनि अस्पतालमा आएका थिए ।
डिस्चार्ज हुनुअघि पूर्वयुवराज्ञी हिमानी र पूर्वराजकुमारी सिताश्मा शाहले नर्भिक अस्पतालको भिजिटर बुकमा सन्देश लेख्दै उपचारमा संलग्न चिकित्सक, नर्स तथा कर्मचारीहरूप्रति विशेष धन्यवाद व्यक्त गरे ।