काठमाडौं । काठमाडौं महानगरपालिका- ७ उमाकुण्डबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा रामेछापको सुनापति गाउँपालिका २ घर भएका ४० वर्षीय गहनसिंह तामाङ र सुनापति गाउँपालिका ३ घर भएका ३४ वर्षीय प्रकाश भन्ने तेज बहादुर तामाङ रहेका छन् ।वास्तविक नम्बर बागमती प्रदेश ०२-०५३ प ३७ ८२ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०५२ प ३६ ५७ राखि चलाइरहेको अवस्था फेला पारी दुवै जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका ५ घर भइ हाल काठमाडौँको नयाँवानेश्वर बस्ने राम बहादुर गौतमले काठमाडौँ महानगरपालिका ३१ प्रयागमार्गबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।;मोटरसाइकल सहित नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँवानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् ।सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS