काठमाडौं । मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दशैं, तिहार र छठमा खुला गरेको लक्की ड्र मार्फत भाग्यशालीको नाम आज सार्वजनिक गरेको छ ।
कम्पनीले एक कार्यक्रमका बीच चिठ्ठामार्फत नगद पुरस्कार पाउने तीन भाग्याशाली विजेताको नाम घोषणा गरेको हो । धोबिघाट शोरुमबाट मोटरहेडको एमएज १५० मोटरसाइकल खरिद गरेका सुभेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ नगद पाएका छन् ।
त्यस्तै, बालाजु शोरुमबाट टेक्कन २५० खरिदकर्ता दयाबुद्ध मगरले ५० हजार रुपैयाँ र टेकु शोरुमबाट स्क्रयाम्ब्लर २५० खरिदकर्ता सुशान्त पौडेलले नगद २५हजार रुपैयाँ जितेका कम्पनीले जनाएको छ ।
कार्यक्रममा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका डाइरेक्टर तथा अन्य स्टाफहरूको उपस्थिति रहेको कम्पनीले बताएको छ ।
https://fb.watch/cCk2Tf_rio/
FACEBOOK COMMENTS