काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो सर्भिस कपनस्थित बीमा समिति चोकमा विस्तार गरेको छ ।
आज बिहीबार एक समारोहकाबीच वडाध्यक्ष शुद्ध डंगोलले सो मर्मत केन्द्रको उद्घाटन गरे । २० वर्षदेखि यसै क्षेत्रमा आवद्ध दिपक मोटरसाइकल वर्कशपका प्रोप्राइटर दिपक चौधरीलाई कम्पनीले आधिकारिक मर्मत केन्द्रका रुपमा मान्यता दिएको हो ।
विभिन्न ब्राण्डका मोटरसाइकलहरूको राम्रो ज्ञान भएको काठमाडौंमा बढी सम्भावना देखिएको विल्कुलै फरक सेग्मेन्टको मोटरहेड ब्राण्डका बाइकहरू पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसँग आफू आवद्ध भएको चौधरीले बताएका छन् । चौधरी १५ वर्षदेखि अटो क्षेत्रमा काम गरिरहेका छन् ।
हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध मोटरहेड ब्राण्डका मोटरसाइकलहरूमा आफ्नो पनि उत्तिकै चासो भएकाले अबका दिनमा यो ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
सर्भिस सेन्टर उद्घाटनका अवसरमा कम्पनीले आज बिहीबार र भोलि शुक्रबार ‘एक्सचेञ्ज क्याम्प’ पनि राखेको बताएको छ । क्याम्पसमा नगद खरीदमा रु. १० हजार रुपैयाँ छूट, फाइनान्समा रू. ७ हजार रुपैयाँ छुट र एक्सचेञ्ज गर्दा बजार मूल्याकंनमा थप रू. १५ हजार रुपैयाँ पाउने सुविधा रहेको कम्पनीले जनाएको छ ।
साथै पार्ट्स र सर्भिसमा विशेष छूटको सुविधा र जुनसुकै ब्राण्डका मोटरसाइकल ल्याउँदा निःशुल्क वासको व्यवस्था समेत गरिएको कम्पनीको भनाइ छ । कम्पनीले यस कार्यक्रममा सहभागी हुने ग्राहकहरूलाई आकर्षक गिफ्टको व्यवस्था समेत गरेको छ ।
FACEBOOK COMMENTS