काठमाडौं । मोबाइल फोनको जन्मदाता कम्पनी मोटोरोला विश्व मोबाइल बजारको पछिल्लो लय समाउँदै नवीनतम् प्रडक्टका साथ नेपाल भित्रिएको छ ।
पछिल्लो समय एक पछि अर्को सफल मोडलहरू बजारमा ल्याउन सफल बन्दै आएको मोटोरोलाले अब नेपालमा पनि आफ्नो उपस्थिति जनाएको छ । प्रतिष्ठित व्यापारी घराना चौधरी ग्रुपमार्फत मोटोरोला नेपाल प्रवेश गरेको हो ।
नेपालको मोबाइल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको व्यापारिक घराना चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाइल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जमाउने आँकलन समेत गर्न थालिएको छ ।
अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि बढिरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरू आम उपभोक्ताको सरल पहुँचमा ल्याउन निक्कै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ । कुनै पनि किसिमका ब्लोटवेयर नभएका एण्ड्रोइड स्मार्टफोनको प्रिमियम अनुभूतिका लागि मोटोरोलाले स्टक एण्ड्रोइड अपरेटिङ सिस्टमको अनुभव दिलाउने बताइएको छ । यस्तै, मूल्यका आधारमा उच्चतम फिचरहरू प्रदान गर्ने मोटोरोलाले प्रडक्ट डिजाइनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको मोटोरोला नेपालका बिजनेस हेड विनय जोशीले जानकारी दिए ।
उनका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरू उतारेको हो । ‘मोटोरोलाले मोबाइल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूति नेपाली उपभोक्ताले पाउने छन्,’ जोशीले भने, ‘बजारमा स्मार्टफोन ल्याउनुपूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौँ । जुन निक्कै प्रतिस्पर्धी हो । हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टिप्रति प्रतिबद्ध रहेका छौं ।’
नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाइज जी–स्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टी जस्ता मोडलहरू लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोला सजिलै नेपाली बजारमा अग्रस्थान हासिल गर्ने कम्पनीको विश्वास छ । मोटोरोलाका सबै फाइभ–जी स्मार्ट फोन आ–आफ्नो क्याटोगोेरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दाबी छ ।
नेपाली बजारका लागि प्राथमिकतासहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्ट फोनहरू रिटेल आउटलेट तथा सीजी डिजिटल र दराजलगायत अनलाइन प्लेटफर्ममा समेत उपलब्ध रहेका छन् ।
FACEBOOK COMMENTS