काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफम्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्नेअवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ ।
बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई रग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगामको अर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।