काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हिमाल आरोहण सिजनमा आरोहीहरुबाट १० करोड बढी राजस्व संकलन गरेको छ ।
पर्यटन विभागका अनुसार गत एक महिनामा १० करोड ५५ लाख ९१ हजार ४ सय रुपैयाँ संकलन भएको हो । अमेरिकी डलरमा ७ लाख ९३ हजार ८ सय ५० राजस्व संकलन भएको हो ।
चालू आवको सिजनमा ९ हिमाल आरोहण गर्न १०६ पुरुष र ४२ महिलासहित १ सय ४८ जनाले अनुमति पाएका छन् ।
उनीहरु कुल १७ टोलीका रहेको विभागले जनाएको छ । यसअनुसार आमादब्लममा २३ जना, हिमलुङ हिमालमा ५, जुगल ३ मा १, अन्नपूर्ण १ मा २५, सगरमाथामा ६३, पुठ हिउँचुलीमा ७, खांग्री शारमा २, कञ्चनजंघामा ७ र धौलागिरि हिमाल चढ्न १५ जनाले अनुमति लिएका हुन् ।
यी नौ हिमाल मध्ये सबै भन्दा बढी आरोही सगरमाथा हिमालमा रहेको छ । यहाँ ६३ जनाले हिमाल चढ्न अनुमति लिएका छन् भने सबै भन्दा कम जुगाल हिमालमा रहेको छ । यहाँ १ जना पुरुषले मात्र हिमाल चढ्न अनुमति लिएका छन् ।
उनीहरुबाट सो परिमाणमा राजस्व संकलन भएको हो ।
FACEBOOK COMMENTS