काठमाडौं । माउन्टेन इनर्जी नेपालले आज बार्षिक साधारण सभा गर्दैछ ।
कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ । फागुन २९ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।
सभा अम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा साढे १० बजेबाट सुरु हुने जनाइएको छ ।
FACEBOOK COMMENTS