काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
कम्पनीले मङ्सिर २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
अगामी मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले हालसम्म कै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो । साथै जलविद्युत कम्पनीहरु मध्ये पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सबैभन्दा धेरै हो ।

FACEBOOK COMMENTS