![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।
सत्ता समीकरणमा फेरबदलसँगै माओवादीले बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसले मध्यराति नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै माओवादीले बैठक बोलाएको हो ।
नयाँ सरकार गठन भएसँगै प्रचण्ड नेतृत्वको सरकार बिघटन हुनेछ । आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
नेपाली कांग्रेसले पनि आजै ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको छ ।
FACEBOOK COMMENTS