काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले गत पुसको अन्तिम साता सरकारले जारी गरेको अध्यादेशको प्रक्रियाले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनजीविकाका सवाललाई सदनमा सशक्त ढङ्गले उठाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
“छ अध्यादेश जसरी आएका छन्, प्रक्रियागत हिसाबले बेठीक छन्, यसलाई अस्वीकार गर्ने सूचना दर्ता गर्ने र वर्तमान सरकार गठन हुँदा व्यक्त गरिएका प्रतिबद्धता लागू तथा जनजीविकाका सबाल सम्बोधन गर्न दबाब दिने निर्णय भएको छ”, उनले भने ।
बैठकमा पार्टी अध्यक्ष दाहालले सदनमा सशक्त ढङ्गले प्रस्तुत हुन र जनताका मुद्दालाई प्राथमिकता दिएर उठाउन निर्देशन दिएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।
FACEBOOK COMMENTS