काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सातौं पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बिहीबार र शुक्रबार बसेको बैठकले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकै नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
बैठकले केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ ।
पार्टीभित्रका नेता कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने, नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने, संस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने रहेको छ ।
विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने, जेनजीलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने र युवाहरूलाई प्रथामिकता दिने रहेको छ ।
आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने, अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने रहेको छ ।
FACEBOOK COMMENTS