काठमाडौं । नेकपा माओवादी केन्द्रसँग महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकता गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । यादवका अनुसार पार्टीको नाम नेपाल समाजवादी रहने र २० गतेभित्र एकता घोषणा हुनेछ ।
केन्द्रीय समिति बैठकले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी र प्रेमबहादुर सिंहको पार्टीसँग २० गतेभित्र एकता हुनेछ । यसका लागि प्रचण्डसँग वार्ता गर्न अध्यक्ष यादवको संयोजकत्वमा महासचिव रमेश र सचिवालय सदस्य राजु थापा तीन सदस्य वार्ता टोली गठन भएको छ ।
FACEBOOK COMMENTS