काठमाडौं । नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्न आजको बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे बैठक बस्न लागेको यस बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेर आज नै सकिने भएको छ ।
पार्टी एकताको निर्णयले माओवादी विभाजनतर्फ अघि बढेको छ । नेताहरू जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीसहित नेताहरूले अहिलेको एकताको पक्षमा उभिन नसक्ने सन्देश दिइसकेका छन् । यसैबीच नेता जनार्दन शर्माले सोमबार संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर आफु एकता प्रक्रियामा जान नसक्ने स्पष्ट गरेका छन् ।
FACEBOOK COMMENTS