काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ ।
बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएका छ । बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल हुनेछ ।
माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धन प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
FACEBOOK COMMENTS