काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि भदौ २७ गते सुनको मुल्य २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २५९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २५७५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS