काठमाडाैँ । हालै निर्माण घोषणा गरिएको फिल्म ‘पुजार सार्की’ को लागि कलाकारको खोजी भएको छ । दिनेश राउतको निर्देशनमा बन्ने फिल्मको मुख्य भूमिकाका लागि निर्माण टिमले कास्टिङ कल गरेको हो ।
मंगोलियन अनुहार भएकी २० देखि २२ वर्ष उमेरकी अभिनेत्री आवश्यक भएको निर्माण टिमले जनाएको छ । फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन। वास्तविक कथा र पात्रबाट प्रभावित भएर बन्न लागेको यस फिल्मको छायाङ्कन पश्चिम नेपालमा गरिने बताइएको छ ।
सुभाष भुसाल निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन रहेको छ। यसअघि राउत र विपिनले प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ मा पनि सहकार्य गरेका थिए।
किङ्गडम नेटवर्कको प्रस्तुतिमा बन्ने फिल्मको छायाङ्कन माघको पहिलो साताबाट हुनेछ।
FACEBOOK COMMENTS