काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘वरिष्ठ बलराम’ भाइटीकामा रिलिज हुने भएको छ ।
यो फिल्मलाई कार्तिक ६ गते भाइटीकामा रिलिज गरिने भएको हो । यसअघि ‘टाइटल टिजर’ भिडियो सार्वजनिक गर्दै निर्माताले यो सिनेमा कात्तिक ३ गते लक्ष्मी पूजाका दिन रिलिज हुने बताएका थिए ।
फिल्म ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।यो फिल्म सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।यो चलचित्रलाई काठमाडौँ उपत्यकामा डीसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछ ।
FACEBOOK COMMENTS