काठमाडौं । चलचित्र ‘कल्ली’को पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म फागुनको १ गतेबाट रिलिजमा आउन लागेको छ ।
महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बालकलाकार मञ्जिला बानियाँलाई देखाइएको छ ।
यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका रहेको छ ।
यस्तै फिल्ममा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडाले बालकलाकारको भूमिका निभाएका छन् । आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनवी महर्जनको एक्सन र निसाल पौडेलको छायांकन रहेको छ ।
FACEBOOK COMMENTS