काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ’धुरन्धर’ ले पहिलो दिन बक्स अफिसमा शानदार सुरूवात गरेको छ ।
शुक्रबार धुरन्धरले २७ करोड भारु कमाई गर्दै पहिलो दिनमा रणवीर सिंहको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । साथै यो यस वर्षको सबैभन्दा ठूलो ओपनिङसहित शीर्ष पाँच बलिउड फिल्महरूमा पनि प्रवेश गरेको छ ।
रणवीर सिंहको ’धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । धुरन्धर २०२५ मा पहिलो दिन धेरै कमाई गर्ने तेस्रो फिल्म बनेको छ यस बर्ष रिलिज भएका फिल्ममा पहिलो दिन वार–२ ले ५२ करोड, छावाले ३१ करोड कमाएका थिए ।
त्यस्तै धुरन्धर रणवीर सिंहको क्यारियरमा पहिलो धेरै कमाई गर्ने फिल्म पनि बनेको छ । उनको यसअघिका फिल्म पद्मावतले पहिलो दिन २४ करोड, सिम्बाले २०.७२ करोड, गली ब्वायले १९.४० करोड र गुण्डेले १६.१२ करोड कमाएका थिए ।
फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

FACEBOOK COMMENTS