राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनका हावाहुरीका कारण किसानको १५ करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको भन्दै क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले चितवनमा केही दिन अघिको हावाहुरीका कारण १५ करोड बराबरको केरा खेतीमा क्षति पुगेको भन्दै सो को क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । उनले १५ करोड बराबरको क्षतिको बीमा रकम किसानलाई प्रदान गर्न माग गरे । उनले गत वर्ष भएको क्षतिको पनि २ करोड ५० लाख बीमा रकम अहिलेसम्म भुक्तानी हुन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने , ‘गत १७, १८, १९ मा चितवनमा व्यापक आँधिहुरी आयो । भौतिक क्षति भएको । आजसम्म चितवनका कतिपय भुगोलमा विद्युत अवरुद्ध । बाली नष्ट भएका छन् । विशेषगरी केरा किसानको बाली तहसनहस छ । करिव ३५ सय बिगाहामा केरा खेती गर्छन् । १५ सय बिगाहामा क्षति पु¥याएको छ । वार्षिक ८५ हजार मेट्रिक टन उत्पादन हुने र करिव २ अर्बको कारोबार चितवनका केरा व्यवसायीले गर्ने गरेका छन् । यस पटक आँधिहुरीले १५ करोड बराबरको क्षति पु¥याएको छ । गत वर्षको क्षतिमा २ करोड ५० लाख बीमा भुक्तानी पाउनुपर्ने किसानले १३ महिना हुँदा पनि भुक्तानी पाएका छैनन् । म सम्बन्धित मन्त्रालयलाई उक्त बीमा रकम भुक्तानी गर्न आग्रह गर्न चाहन्छु । यस पटकको १५ करोडको क्षतीको बीमा रकम पनि किसानलाई प्रदान गर्नका लागि आव्हान गर्न चाहान्छु ।’
उनले आफूले संसदमा केवल बोल्नको लागि मात्रै किसानको कुरा नबोलेको भन्दै आफूले बोलेको कुरालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे ।
FACEBOOK COMMENTS