काठमाडौँ । बर्दिया–२ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रवार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रुपमा प्रवेश गरेका हुन् ।
लालवीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएका थिए ।
लालवीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेशककी श्रीमती हुन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा बर्दिया(२ बाट २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका थिए ।
लालवीरले सत्ता गठबन्धनका उम्मेदवार सुरेश पन्थ र एमाले गठबन्धनका उम्मेदवार पंकजसिंह राठौंरलाई पराजित गरेका थिए ।
योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।
FACEBOOK COMMENTS