काठमाडौं, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बागमती प्रदेश साँसद रिता माझीले सनुकोशी २ जलविद्युत खारेज गर्न माग गरेकी छिन्र ।
बागमति प्रदेशको विशेष समयमा बोल्दै साँसद माझीले सुनकोसी २ जलविद्युतले रामेछाप जिल्लाका शतप्रतिशत माझी समुदाय र अन्य स्थानीयवासीलाई विस्थापित पार्ने भएकोले माझी समुदायको ऐतिहासिक थाकथलो, भाषा, धर्म, संस्कार, संस्कृति र सामाजिक संरचनाहरु तहसनहस हुने र यसको कुनै मुल्य नहुने भन्दै खारेज गर्न माग गरेकि छिन । साँसद माझीले त्यहाँका माझी समुदायको मन्जुरी र सहमति नभएको, आन्दोलन चलिरहेकोले यसमा नजर अन्दाज नगर्न समेत भनेकि छिन्र ।
साँसद माझीले कोभिड महामारीको तेस्रो संभावित खतरालाई मध्यनजर राख्दै तथा आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने वैधानिक वाध्यतालाई मध्यनजर गर्दै उपयुक्त र सर्वसुलभ तरिकाले कोभिड विरुद्धको खोप व्यवस्था गर्न सरकारको ध्यानाकषणर् गराइन । साँसद माझीले दलिय व्यवस्थालाई कमजोर र खलबलाउने तरिकाले ल्याएको अध्यादेश फिर्ता हुनु पर्ने वताइन । साँसद माझीले रामेछाप जिल्लाको रणजोर खोलाको शिर घ्याप्चे पहिरोले सदरमुकाम मन्थली र स्थानीय गाउँलाइ सधैं पिरोलीरहेको हुँदा सो समाधानको लागि अध्ययन गर्न संसदिय समिति गठन गर्न समेत माग गरिन ।
FACEBOOK COMMENTS