पर्सा । सांसद निर्मला देवकोटाका श्रीमान कुमार कोइराला विष सेवनबाट अचेत अवस्थामा छन् । पर्साको वीरगञ्ज महानगरपालिकामा बस्ने देवकोटा नेकपा (एमाले) की समानुपातिक सांसद हुन् ।
सांसद देवकोटासँग घरायसी विवादपछि कोइरालाले नाम नखुलेको विषादी सेवन प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कोइरालाको उपचार आठ दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन । विष सेवन गरेका कोइरालाको मृगौलामा समेत समस्या देखापरेको छ ।
जेठ १० गते शनिबार घरायसी विवादमा विष सेवन गरेका कोइरालाको उपचार नारायणी अस्पतालको आईसीयू कक्षको बेड नम्बर ‘सी’ मा भइरहेको छ ।
राजनीतिक पहुँचका आधारमा घटना हिजोसम्म गुपचुप राखिएको तर जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।
FACEBOOK COMMENTS