काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएको छ । काठमाडौंबाट नेपालगञ्जका लागि उडान सुरु गर्ने क्रममा श्रीको ९ एन एएनएफ जहाज चिप्लिएको हो । जहाजमा चालक दलका ४ जना सदस्यसहित ८० जना रहेको बताइएको छ । विमानस्थल स्रोतका अनुसार श्री एयरलाइन्सको जहाज काठमाडौं–नेपालगजञ्का लागि उडान भर्ने क्रममा बिहान ९ बजेर ३३ मिनेटमा चिप्लएको हो । जहाजको एउटा पांग्रा घाँसेमैदानमा घिस्रिएको हो । अहिले विमानस्थलको अवस्था सामान्य अवस्थामा फर्किएको छ ।
FACEBOOK COMMENTS