मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्डमा गुडिरहेको ट्रकमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् ।
विहिबार दिउसो करिब २ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा खस्दा ईन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति हुनुका साथै २ जना घाइते भएका छन् ।
अहिले ढुंगा हटाउनको लागि डिभिजनबाट मेशिन सम्बन्धित स्थानमा पुगिसकेको छ र केहि बेरमै ढुंगा हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने जानकारी सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
साथै वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS