काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका- ६ का ४५ बर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।
खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्दार गरेको हो ।
परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनी पुलमा झुण्डिनुको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
FACEBOOK COMMENTS