काठमाडौं । एसियाकै धनी व्यक्ति भारतको रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले मुम्बईस्थित इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी (आईसीटी) लाई १५१ करोड भारु दान गरेका छन् ।
अम्बानीले आफूले १९७० को दशकमा स्नातक गरेको सो कलेजलाई सहयोग गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
मुकेश अम्बानी जुन ६ मा सो कलेजमा प्रोफेसर एमएम शर्माको जीवनी ‘दिव्य वैज्ञानिक’ को विमोचनका लागि आयोजित विशेष समारोहमा सहभागी भएका थिए । उनले प्रोफेसर शर्माको आग्रहमा नै कलेजलाई सहयोग गरेको बताए ।
मुकेश अम्बानी र उनको परिवारले आर्थिक वर्ष २०२३–२४ मा ४०७ करोड भारु दान गरेको एक रिपोर्टमा उल्लेख छ ।
मुकेश अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ९.३५ लाख करोड भारुको सम्पत्ति छ । उनी विश्वको धनीको सूचीमा हाल १६औँ स्थानमा छन् ।
FACEBOOK COMMENTS