काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको विस्तार गरेको छ ।
बैंकले १६ औँ स्थापना दिवसको अवसर पारेर डिजिटल माध्यमद्वारा एकैसाथ नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेको हो । यस्तै, बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ भने विभिन्न उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विभिन्न सामग्री वितरण गरेको छ ।
बैंकले अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरुमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामाग्री हस्तान्तरण गर्नुको साथै विभिन्न स्थानमा स्वच्छ पिउने पानीको व्यवस्थापन गरेको छ । बैंकले अस्पताल निर्माणमा पनि सहकार्य गर्ने भएको छ । बैंकका अध्यक्ष भरत राज ढकालले वार्षिकोत्सवको अवसरमा देशको अर्थतन्त्र र विकासमा बैंकले सधैं योगदान दिने प्रतिबद्धता जनाएका छन् । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताएका थिए ।
FACEBOOK COMMENTS